भन्सार छलेर भारत लादै गरेको एक सय २२ क्वीन्टल मरिच बरामद


काठमाडौ, २२ जेठ । तेश्रो मुलुकबाट आयात गरिएको मरिच, वीरगन्ज भन्सारको मुल नाकाबाटै भारत तस्करी हुने गरेको छ। वीरगन्जबाट भन्सार कार्यालय अगाडिकै सडकबाट तस्करी गरेर भारतीय सीमा क्षेत्रमा पुर्‍याइएको एक ट्रक मरिच प्रहरीले बरामद हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज भन्सार नाकाबाटै तस्करी गरेर भारत छिर्न लागेको एक ट्रक मरिच नेपाल भारत सीमाको दशगजा क्षेत्रबाट बरामद गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएको युपि ७८ बी बिटी ३८०४ नम्बरको ट्रकबाट एक सय २२ क्वीन्टल मरिच बरामद भएको हो। सोमबार बेलुकी वीरगन्जको बाइपास सडकबाट नगवा, इनर्वा , रजत जयन्ति चोक, वीरगन्ज भन्सार ,शंकरचार्य प्रवेशद्वार हुदै भारत छिरेको मरिच सहितको ट्रक प्रहरीले नेपाल भारत सीमाको दशगजा क्षेत्रबाट बरामद गरेको हो।

प्रतिक्रिया दिनुहोस्