भरतपुर अस्पतालमा २ संक्रमितको मृत्यु


काठमाडौं, ६ कात्तिक  । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१३ का ८५ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्