भरतमोहन अधिकारीले भने– ‘संविधान संशोधन गर्नुहुँदैन’


११ असोज । नेकपा (एमाले) का नेता भरतमोहन अधिकारीले संविधान संशोधनको औचित्य नरहेकाले यसको कार्यान्वयनतर्फ लाग्नुपर्ने बताएका छन् ।

प्रतिभा जाति नागरिक समाज नेपालले प्रकाशित गरेको ‘प्रतिभा सन्देश’ नामक पुस्तिकाको विमोचनका क्रममा पूर्वउपप्रधानमन्त्री अधिकारीले संविधानले सबै समुदायलाई अधिकार प्रदान गरेको बताउँदै यो समयसापेक्ष परिवर्तन हुँदै जाने भएकाले विदेशीलाई खुसी पार्न संशोधन गर्न नहुने बताए ।

‘संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि सबैले ध्यान दिनुपर्छ, कार्यान्वयनपछि क्रमिक रुपमा परिवर्तन वा संशोधन हुनेछ,’ उनले भने । संविधान संशोधनका लागि विभिन्न कानुन तथा ऐन बनाउँदा संविधान नै असफल बनाउने तत्वले फाइदा लिने खतरा औँल्याए ।

प्रतिक्रिया दिनुहोस्