भाजपा नेताद्वारा सांसद पदबाट राजीनामा


३ साउन । भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका तर्फबाट राज्य सभामा गएको अप्रिलमा नियुक्त भएका सांसद नभजोत सिं सिद्धुले सोमबार सांसद पदबाट राजीनामा दिनुभएको छ ।

राज्यसभाका उपसभामुख पी।जे। करेनले सोमबार नै सिद्धुको राजीनामा स्वीकृत भएको घोषणा गर्नुभएको छ । सोमबार मात्रै भारतीय संसदको वर्षे अधिवेशन सुरु भएको हो ।

सिद्धुको राजीनामा उहाँ भारतीय आम आदमी पार्टीमा प्रवेश गर्ने हल्ला चलिरहेका बेला आएको छ ।

उनले अर्को वर्ष आम आदमीको तर्फबाट उत्तरी राज्य पञ्जाबबाट स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने संभावना रहेको स्थानीय सञ्चारमाध्यममा हल्ला चलिरहेको थियो ।  अन्तर्राष्ट्रिय क्रिकेट जगतबाट अवकाश लिएपछि सिद्धु भारतीय राजनीतिमा प्रवेश गर्नुभएको हो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्