भाजपा सांसद आजादको ट्वीटप्रति एमालेको आपत्ती


काठमाडौ, ३० वैशाख । भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले गरेको ट्वीट प्रति नेकपा एमालेले भत्र्सना गरेको । एमालेले विज्ञप्ती जारी गर्दै भाजपा सांसद आजादले जनकपुर सुगौली सन्धीका कारण दुई सय वर्षका लागि नेपाललाई दिएको र अब प्रधानमन्त्री मोदीले भारतमा फर्काउनुपर्ने भनेर ट्वीट गरे पछि भत्र्सना गरेको हो ।
नेपाल र भारतका बीचमा विगतका तीता–पीरा कुराहरुलाई इतिहासका पानामा छाडेर पारस्परिक सम्मान, समानता, हित र विश्वासका आधारमा सम्बन्ध सुमधुर तुल्याउने प्रयत्न भइरहेको बेला भाजपा नेता कीर्ति आजादको यस्तो ट्वीट आउनु निन्दनीय भएको बताएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित भएको एमालेको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्