भान्जी बलात्कार गर्ने मामा प्रहरी खोरमा


१९ भदौ । आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बालिकाकी हजुरआमाको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी प्रहरीले दुवै पक्षको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ । बालिकालाई भने थप उपचारका लागि काठमाडौँस्थित एक अस्पताल लगिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्