भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिरमा विशेष पूजा


मुस्ताङ,२९ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा विशेष पूजा अर्चना गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका मोदीले शनिवार विहान मुक्तिनाथको विशेष पुजा गरेका हुन् । मुक्तिनाथ दर्शनका लागि मोदी शनिवार बिहान हेलिकप्टरमार्फत मुस्ताङ आएका थिए ।

मोदीले मुक्तिनाथको २५ मिनेट पूजा–अर्चना गरेको मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । मोदीलाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए । मोदीलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,मन्दिरका पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए । मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन्। सोही क्रममा मोदी जोमसोम गएका छन् । मोदी आउने भएपछि मुक्तिनाथ वरपरको सुरक्षा व्यवस्थामा विहिवार देखिनै कडाइ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्