भारतका राष्ट्रपति मुखर्जीले गरे जानकी मन्दिरमा पूजाआजा


१९ कात्तिक । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी  जनकपुर पुगेर जानकी मन्दिरमा पूजाआजा गरेका छन् ।

काठमाडौँबाट बुद्ध एअरको विमानबाट उनी जनकपुर विमानस्थल उत्रिदा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाइँले उनको स्वागत गरेका थिए ।

मुखर्जीले जनकपुरमा अवस्थित जानकी मन्दिरमा पूजाआजा गुर्नका साथै उनको सम्मानमा जनकपुरवासीले प्रदान गर्ने नागरिक अभिनन्दन ग्रहणसमेत सहभागी भएका छन् । कात्तिक १७ गते नेपाल आएका भारतीय राष्ट्रपति आजै पोखरा जाने र काठमाडौँ फर्किएपछि दिल्ली जाने कार्यक्रम रहेको छ । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्