भारतबाट ओली नफर्किदैं नेपाल चीन प्रस्थान


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पूरा गरी आईतबार(आज) स्वदेश फर्किदैंछन् । प्रधानमन्त्री ओली नेपाल नफर्किदैं वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार चीन प्रस्थान गरेका छन् । वरिष्ठ नेता नेपाल एमाले विदेश विभाग प्रमुखसमेत छन् । फस्र्ट सांघाई को–अपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा सियानमा आयोजना हुने ‘प्रोमोटिङ रिजनलपिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ मा भाग लिन नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘एड्भान्सिङ स्ट्राटेजिक को–अर्डिनेसन फर सेयर्ड डेभ्लपमेन्ट एन्ड एक्स्प्लोरिङ रिजनल को–अपरेसन विषयमा बोल्ने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले बताए । कार्यक्रममा नेपाल, चीन, कम्बोडिया, भारत, श्रीलंका, पाकिस्तान र टर्कीका नेताहरुको सहभागिता रहनेछ ।
पूर्वप्रधानमन्त्री नेपालका साथमा नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि छन् । नेपाल चार दिनपछि स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्