भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी– ‘आफ्नो देशको सुरक्षा गर्न हामी सक्षम छौँ’


१३ असोज । भारत र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो केही दिनदेखि अत्यन्त तनावपूर्ण बनेको छ । भारतले पाकिस्तानको राजधानी इस्लामावादमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर बैठकमा भाग नलिने निर्णय गरेसँगै यी दुई देशबीचको तनाब अझ बाहिर आएको हो ।

सार्कको शिखर बैठकबारे विभिन्न चर्चा चलिरहेका बेला भारतीय सेनाले काश्मिरको विवादित सीमामा पाकिस्तानका दुई सैनिक मारेपछि दुई देशबीचको विवाद झन् उत्कर्षमा पुगेको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आफ्ना दुई सैनिकको हत्यपछि भारतलाई कडा प्रतिक्रिया दिएका छन् ।

भारतीय सञ्चार माध्ययमहरुले नै पाकिस्तानी मिडियाको हवला दिदैँ प्रधानमन्त्री सरिफले आफ्नो देशको रक्षा गर्न आफू तयार रहेको प्रतिक्रिया दिएको समाचार प्रकाशन गरेका छन् । ‘नवाज सरिफले घटनाको निन्दा गरेका छन्,’ आजतकले लेखेको छ, ‘पाकिस्तानका दुई सैनिक सहिद भए, भारतलाई कसैले उकासेर आक्रमण गरेको छ ।’ यता भारतले भने पटक–पटक चेतावनी दिँदा पनि पाकिस्तानले आतंकवादी हमला जारी राखेकाले ‘‘सर्जिकल अपरेशन’ थालेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्