भारतसँग नझुकेर प्रधानमन्त्री भएका ओली नझुकेरै विदा भए


१० असार । ‘…तीन हप्ता अगाडिदेखि नाकाबन्दी थियो र मुलुक असाधारण सङ्कटमा पुगेको थियो । सवारी साधनमा हाल्न इन्धन थिएन । चाडपर्वका बेला जनताको चुल्हो बाल्न मट्टितेल र ग्यास थिएन । खाद्य पदार्थ र जीवन रक्षक औषधिको समेत हाहाकार हुँदै थियो । नेपाल–भारत सम्बन्ध इतिहासकै जटिल बिन्दुमा पुगेको थियो । ..’

आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बेलाको चित्रण गर्दै आइतबार संसद्लाई सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले यो भारतलाई इंगित गरेका थिए । प्रधानमन्त्री ओलीले अकारण यस्तो भनेका थिएनन् । नौ महिनामा सबैले बुझ्ने र देखिने गरी भारतसँग ओलीको चिसो सम्बन्ध रह्यो । त्यसको कारक ओली थिएनन् र उनले कुनै अर्घेल्याइँ गरेवापत मुुलुकले नाकाबन्दी भोगेको थिएन । आफूले नबनाऊ भन्दाभन्दै नेपाला संविधान बनाइयो भनेर भारतले नाकाबन्दी लगाउँदा ओली होइन, सुशील कोइराला प्रधानमन्त्री थिए । यही अवस्थलाई चित्रित गर्दै ओलीले भने, ‘म प्रधानमन्त्री बन्नुभन्दा अगावै नेपाल–भारत सम्बन्ध इतिहासकै चिसो बिन्दुमा पुगेको थियो । नाकाबन्दी जस्तो अकल्पनीय अवस्था थियो ।’

गत माघमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्धयामा भारतले नाकाबन्दी हटायो । त्यसलाई उनले ‘कुटनीतिक, राजनीतिक र जनस्तरका प्रयत्नद्वारा त्यो अवस्था अन्त्य भएको’ टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध सहज बनाउन सम्भव सबै उपाय प्रयोग नगरेका होइनन् । कुटनीतिक स्रोतका अनुसार, त्यसका लागि उनले भारतमा रहेका आफ्ना पुराना मित्रहरुलाई पनि प्रयोग गरेका थिए, नेपाली र भारतीय सुरक्षा निकायका अधिकारीहरुलाई पनि संलग्न गराएका थिए । स्रोत भन्छ, ‘भारत भ्रमण पहिला गराउनका लागि भारत लालयित थियो । त्यसभन्दा अघि नै ओलीलाई चीन भ्रमणको निम्तो थियो । ओलीले चीनसँग पनि सल्लाह गरे र भारतसँग सहज सम्बन्ध बनाउनकै लागि पहिला भारत भ्रमण गरे ।’

प्रधानमन्त्री ओलीलाई भारतले त्यहाँ राम्रै सत्कार ग-यो । सैनिक सलामी दियो, राष्ट्रपति भवनमा बास गरायो र राजकीय भ्रमणको प्रबन्ध ग-यो । तर, उपलब्धिका रुपमा दुई पक्षीय वक्तव्य नै ननिस्केपछि भारत खुसी रहनेछ भन्ने बुझ्न गाह्रो भएन । त्यति मात्र होइन, ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साँक्षी राखेर भने, ‘म हाम्रो संविधानमा रहेका असमझदारीबारे प्रस्ट पार्न यहाँ आएको हुँ ।’ निश्चित थियो, यस्तो कुरा भारतलाई मन पर्ने कुरै थिएन । त्यही भएर भ्रमणको अन्त्यमा वक्तव्य निकाल्न पनि ऊ तयार भएन ।

प्रधानमन्त्री ओलीलाई भारतले त्यहाँ राम्रै सत्कार ग-यो । सैनिक सलामी दियो, राष्ट्रपति भवनमा बास गरायो र राजकीय भ्रमणको प्रबन्ध ग-यो । तर, उपलब्धिका रुपमा दुई पक्षीय वक्तव्य नै ननिस्केपछि भारत खुसी रहनेछ भन्ने बुझ्न गाह्रो भएन । त्यति मात्र होइन, ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साँक्षी राखेर भने, ‘म हाम्रो संविधानमा रहेका असमझदारीबारे प्रस्ट पार्न यहाँ आएको हुँ ।’ निश्चित थियो, यस्तो कुरा भारतलाई मन पर्ने कुरै थिएन । त्यही भएर भ्रमणको अन्त्यमा वक्तव्य निकाल्न पनि ऊ तयार भएन ।

त्यतिबेला आफूले गरेका प्रयासबारे ओलीले भनेका छन्, ‘आफ्नो राजकीय भ्रमणका क्रममा मैले गरेका सहमति, सम्झौता, संवाद, अन्तरक्रिया र संवोधनले तिक्तताहरू मूलतः समाप्त भएका छन् ।’ त्यसका दृष्टान्तका रुपमा उल्लेख गरेका छन्, ‘त्यो नौ महिने सरकारको पालामा प्रस्तावित नेपाल–भारत मैत्री सन्धिको पुनरावलोकन, यो नौ महिनाको अवधिमा प्रवुद्ध व्यक्तिहरुको समूह गठन गरी त्यसको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकले विगतका सन्धीहरूको पुनरावलोकन गर्दै नयाँ सम्बन्धका आधार निर्माण गर्ने बिषयमा ठोस काम अगाडि बढाएको छ । दुई मुलुक बीच विभिन्नद्वि–पक्षीय संयन्त्रहरूका बैठक बसेका छन् र पञ्चेश्वर लगायत बर्षौदेखि थाँती रहेका बिषय अगाडि बढ्दैछन् । विशाखापत्तनम बन्दरगाहबाट नेपालको व्यापारिक र पारवहन सुविधाको विधिवत् आरम्भ भएको छ ।’

तर ओलीसँग चाहिँ भारतले चिसो व्यवहार देखाइरह्यो । दुबै मुलुकबीच सन्तुलन कायम गर्नुपर्छ भन्ने उनको विचारलाई भारतले चीनतिर ढल्नेको रुपमा व्याख्या ग¥यो । तर, ओली स्वयम् चाहिँ भन्छन्, ‘गएको असोजदेखि माघसम्मको पीडालाई हामी बिर्सन चाहन्छौं । भारत भ्रमणको क्रममा मैले भनेको थिएँ– सँगै हिँडेको साथीले एकचोटी ठक्कर दियो, पछि उसले ‘सरी’ भन्यो, कुरा सकियो । सम्बन्ध बिगार्ने विभिन्न तत्वहरू क्रियाशील होलान् । तर म विश्वस्त छु– आगामी दिनमा सम्बन्ध प्रगाढ बन्दै जानेछ ।’

भारतसँगको आफ्नो असमझदारीलाई प्रधानमन्त्रीका रुपमा अन्तिम पटक संसद्को रोस्टममा उभिएर उनले भनेका छन्, ‘हामीले सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायलाई भनेका छौं– मित्रवत् सुझाव या अनुभवको बाँड्ने कुरा स्वाभाविक हुन् । तर आन्तरिक मामलामा खेल्ने, नेपाललाई प्रयोगको थलो बनाउने, समस्या समाधानमा सहयोग होइन बल्झाउने भूमिका खेल्ने कुरा भने स्वीकार्य हुन सक्दैनन् । मित्रवत् व्यवहारले नै मित्रवत् सम्बन्धको आधारशीला निर्माण गर्न सक्छ ।’

केपी ओली सरकारमा जाँदा जे मुद्दा उठाएर गएका थिए, ती मुद्दा नबिसाएरै फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्