भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव यचुरी पाँचदिने नेपाल भ्रमणमा


काठमाडौ, ८ कात्तिक । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी पाँचदिने भ्रमणका लागि नेपाल आएका छन ।
नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका नेता यचुरीलाई आज बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा नेता कृष्णगोपाल श्रेष्ठले स्वागत गरे ।
नेपाल बसाईका क्रममा नेता यचुरीले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित बिचार गोष्ठीलाई पनि नेता यचुरीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । यद्यपी उहाँको भ्रमणको मुख्य कार्यक्रम भने राजनीतिक भेटघाट नै रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्