भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’


काठमाडौ,२८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ दिएर सम्मान गरिएको छ । नेपालको दुई दिने राजकिय भ्रमणमा आएका मोदीलाई जनकपुरवाट फर्केपछि काठमाडौको टुँडीखेलमा नेपालको तर्फवाट सो सम्मान दिएको हो । ‘गार्ड अफ अनर’ ले सम्मान गरिने कार्यक्रम ४ बजेका लागि तय गरिएको भएपनि मोदी जनकपुरबाट काठमाडौं आउन ढिला भएपछि शुक्रवार साढँे ५ बजे सम्मान गरिएको छ । विगतमा विमानस्थलमै यस्तो सम्मान दिने चलन भएपनि केपी शर्मा ओली सरकारले यसअघि पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएपछि यसको निरन्तरताका लागि भारतिय प्रधानमन्त्री मोदीलाई पनि टुँडीखेलमा सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्