भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिने


narendra-modiकाठमाडौ, २३ बैशाख । अघोषित नाकाबन्दी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।

वैशाख २८ गते नेपाल भ्रमणमा आउने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्नेछन। साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो । भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालीहरुमा फैलिएको भारतविरोधी भावना अझै सेलाईनसकेका बेला मोदी नेपाल आउन लागेका हुन । यस्तो बेलामा हुने भ्रमण आदान प्रदानले सम्बन्ध सुधार गर्नुको साटो झनै गिजोल्ने खतरा रहेको विज्ञहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्