भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा


जनकपुर, २८ वैशाख । दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  जनकपुर आइपुगेका छन्।
एअर इन्डियाको जहाजबाट मोदी जनकपुर आइपुगेका हुन्। मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थल पुगेर स्वागत गरेका छन्।
यस्तै मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुर पुगिसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली कुर्ता, पाइजामा र गम्छा पहिरिएर जनकपुर पुगेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न उनी जनकपुर पुगेका हुन्।
ओली बिहानै हेलिकप्टरमा जनकपुर पुगेका हुन्। उनले मन्दिर परिसरको भ्रमणसमेत गरेका छन्।
ओली र मोदीले रामायण सर्किटको उद्घाटन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्