भारतीय राजदूतद्वारा दाहाललाई बधाई


२० साउन । भारतीय राजदूत रञ्जित रायले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई घरमै पुगेर बधाई दिएका छन् । उत्तरी छिमेकी चीनका राजदूत उ चुन्ताईले भेटेर बधाई दिएको झन्डै १२ घन्टापछि दक्षिण छिमेकी भारतका राजदूत उस्तै शैलीमा फूल बोकेर बधाई दिन लाजिम्पाट पुगेका थिए ।

विहान सात बजे आफ्नो दूताबास उपनियोग प्रमुख विनय कुमार र राजनीतिक शाखा प्रमुख एस गोपालकृष्णन्सहित राजदूत राय दाहाल निवास पुगेका थिए । भेटका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना समेत उनले सुनाएका थिए ।

तस्वीरः प्रकाश दाहालको फेसबुक

प्रतिक्रिया दिनुहोस्