भारतीय राजदूतले गुप्तचरको काम गरेका छन्ः नारायणमान बिजुक्छें

२० असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले भारतीय राजदूत रञ्जीत रेले नेपालमा राजदूतको भन्दा पनि गुप्तचरको काम गरेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कारमा बोल्दै यस्तो आरोप लगाएका हुन् । ‘रञ्जित रेले राजदूतको भन्दा पनि गुपतचरको काम बढी गरेका छन् उनलाई नेपाल सरकारले तत्काल भारत फिर्ता पठाउनु पर्छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले तत्काल सरकार परिवर्तन सम्भव नभएको पनि दाबी गरे । उनले वर्तमान सरकारलाई नै राष्ट्रिसहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए ।
‘यही सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन गरि निर्वाचनमा जाने अवस्था आउँछ,’ उनले भने, ‘वर्तमान सरकारले कम्तीमा पनि स्थानीय निकायको निर्वाचनसम्म आफ्नो उपस्थिति जनाउने छ ।’
उनले भारतले नेपालमा आफ्नो पहुँचकै आधारमा परिवर्तनको खेल खेल्ने गरेको भन्दै भारतसँग मिलिरहेका बिदेशीहरुले समेत नेपालमा सरकार परिवर्तनको खेल सुरु गरेको आरोप लगाए ।