भारतीय विदेशमन्त्री स्वराजको किड्नी फेल, दिल्लीकै एक अस्पतालमा उपचार जारी

१ मंसिर । नेपालकी पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाको स्तन क्यान्सर भएको चर्चा सेलाउन नपाउँदै छिमेकी भारतकी विदेश मन्त्री सुष्मा स्वराजको ‘किड्नी फेल’ भएको समाचार बाहिर आएको छ । स्वराजले ‘किड्नी फेल’ भएको ट्वीटरमार्फत् जानकारी दिएको भारतीय सञ्चार माध्ययमहरुले पनि उल्लेख गरेका छन् । आजतकले समेत स्वराजको किड्नी फेल भएको समाचार प्रकाशन गरेको छ । अहिले उनी दिल्लीको एम्स अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेकी छिन् । अहिले उनको डायलिसिस चलिरहेको छ । स्वराजले पनि आफू एम्स अस्पतालमा रहेको भन्दै मिर्गौला खराब भएको स्वीट् गरेकी छिन् । ‘किड्नी प्रत्यारोपणका लागि परीक्षण भइरहेको छ,’ उनले उल्लेख गरेकी छिन् ‘भगवान कृष्ण मलाई आशिर्वाद देऊ ।’
कार्डियो थोरैकिक सेन्टरका प्रमुख बलराम एरानको नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । उनको अवस्था स्थीर रहेको अस्पतालले जानकारी दिएको छ । उनी डायबिटीजकी हुन् ।