भारतीय सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका गौतमको परिवारलाई एमालेबाट पाँच लाख र दुई वटा ल्यापटप सहयोग


३ चैत । नेकपा (एमाले) ले भारतीय सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका गोविन्द गौतमको परिवारलाई पाँच लाख सहयोग गरेको छ ।

जिल्ला कमिटी कञ्चनपुरमार्फत एमालेले सो रकम हस्तान्तरण गरेको हो । त्यसैगरी गौतमका बच्चालाई दुई वटा ल्यापटप पनि हस्तान्तरण गरेको छ । नेकपा (एमाले)ले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कञ्चनपुरमा आयोजित सभामा सो रकम र ल्यापटप हस्तान्तरण गरिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले सो रकम हस्तान्तरण गर्दा सबै भावुक बनेका थिए ।

तस्बिरः प्रेम गुरागाईँ 

प्रतिक्रिया दिनुहोस्