भारतीय सेनाको विमान वेपत्ता


७ साउन । भारतीय वायु सेनाको एक विमान शुत्रबार वेपत्ता भएको समाचार छ । सो विमानमा २९ व्यक्ति सवार रहेका र बङ्गालको खाडीमा विमान वेपत्ता भएको अनुमान गरिएको छ ।

सो विमान आन्डमान र निकोबार द्विपको राजधानी पोर्ट व्लेयरतर्फ गइरेहको वायु सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ । विमानको खोजी कार्य जारी रहेको बताइएको छ ।

स्थानीय समयानुसार शुक्रबार विहान ८:३० मा उडेको यो विमान पोर्ट ब्लेयरमा ११:३० मा अवतरण हुने समयतालिका रहेको थियो ।

यस विमानमा छ जना चालक दलका सदस्यसहित २९ व्यक्ति सवार रहेको जनाइएको छ ।

भारतीय सहर चेन्नाइबाट उडेको १५ मिनेटपछाडि सो विमान वेपत्ता भएको बताइएको छ । गत बर्ष पनि चेन्नाई भारतीय तटीय गार्डको विमान दुर्घटना हुदाँ विमानमा रहेका तीन व्यक्तिको मृत्यु भएको थियो । रासस ÷एएफपी

प्रतिक्रिया दिनुहोस्