भारत–पाकिस्तान तनाव : व्यापारिक सम्बन्ध ताेडियो, भारतीय दूतलाई पाकिस्तान छाड्न आदेश


काठमाडौं, २३ साउन । जम्मू कश्मिरमा राजनीतिक तनाव उत्पन्न भइरहेका बेला पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोडेको छ ।

जम्मू कश्मिरको विषयमा भारतीय सरकारले चालेको कदमको विरोध गरिरहेको पाकिस्तानले दुई देशबीचको कुटनीतिक सम्बन्ध कमजोर बनेको अन्तर्राष्ट्रिय सञ्चामाध्यहरुले जनाएका छन् ।

जम्मू कश्मिरमा राजनीतिक तनाव उत्पन्न भएलगत्तै पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्च आयुक्तलाई निकाला गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ । विवादसँगै भारतका लागि नव नियुक्त पाकिस्तानी उच्च आयुक्तले पनि जिम्मेवारी नसम्हाल्ने बताइएको छ ।
यसअघि पाकिस्तानका प्रधानमन्त्री इमराना खानले जम्मू कश्मिरको विशेष अधिकार खोस्ने भारतको निर्णयविरुद्ध लड्ने प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री खानले यो विषय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा समेत प्रतिवाद गर्ने बताइसकेका छन् । पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध यसअघि सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्