भारत र चीनसँगको सबै नाका बन्द गर्ने सरकारको निर्णय


काठमाडौं, ९ चैत । सरकारले भारत र चीनसँगको सबै नाका बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार भोलि विहान १० बजेबाट एक साताका लागि सीमा नाका भएको आउनेजाने गर्नेबाट कोरोना भाइरस नेपाल भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्