भारत र चीनसँग नेपालले पुलको जस्तो सम्वन्ध राख्नुपर्छः डा भट्टराई


जेठ २३ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान कार्यान्वयनमा जोड दिएका छन् । ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तरक्रियामा उनले यस्तोमो जोड दिएका हुन् । उनले नयाँ संविधानलाई सबैले स्विकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्नेमा पनि जोड दिए ।

उनले नयाँ संविधानमा धेरै कुरा अपूर्ण रहेको भन्दै त्यसलाई पनि पूर्णता दिएर कार्यान्वयनको पक्षमा लैजानु पर्नेमा जोड दिए । मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उनको भनाई थियो ।

उनले भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राख्नु पर्नेमा पनि जोड दिए । उनले राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षामा विचललित नहुन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्