भावी आइजीलाई फुली


५ असार । सशस्त्र प्रहरी बलका भावी महानिरीक्षक शैलेन्द्र खनाललाई अतिरिक्त महानिरीक्षक (एआइजी) को दज्र्यानी लगाइएको छ । सशस्त्र मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) दुर्जकुमार राई र अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङले अर्का एआएजी जीतबहादुर पुनसँगै खनाललाई दज्र्यानी लगाइदिएका हुन् ।

महानिरीक्षक राई र पहिलो नम्बरका एआइजी कृष्णकुमार तामाङले सात महिनापछि अवकाश पाएपछि बरिष्ठताका आधारमा एआइजी सिंहबहादुर श्रेष्ठ आइजी हुनेछन् । ०४४ को ब्याचका श्रेष्ठसँगै एआएजी प्रेम शाही र प्रकाश ओझाले ०७४ चैत २९ मा अवकाश पाएपछि खनाल स्वतः महानिरीक्षक हुने गरी बढुवा गरिएको छ । डीआइजीमा छैटौं नम्बर बरियतामा रहेका खनाललाई हाकिमले दिने कार्यसम्पादन मूल्यांकनमा बढी नम्बर दिएर अहिले पहिलो नम्बरमा बढुवा गरिएको हो । उनीभन्दा बरिष्ठ डीआइजी उत्तम खड्काले सर्वोच्च अदालतमा हालेको मुद्दा विचाराधीन छ । खनालभन्दा बरिष्ठ डीआइजी पुनलाई उनीभन्दा कनिष्ट बनाएर बढुवा गरिएको छ ।

खनालले राईलाई महानिरीक्षक बनाउन शक्ति केन्द्रहरुमा राम्रो पहुँच बनाएर सहयोग गरेको गुन यसपटक तिरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्