भीम आचार्य भने– ‘लोकमानले समानन्तर प्रशासन चलाएकाले महाअभियोग’


१० कात्तिक । नेकपा एमालेका नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले बुधबार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । उनले कार्कीले समानान्तर सरकार चलाउने, अदालतको मानहानी हुनेगरी संवैधानिक व्यवस्थाको धज्जी उडाउने जस्ता कार्य गरेकाले महाअभियोग प्रस्ताव ल्याउनु परेको पनि उल्लेख गरे ।

आचार्यले कार्यक्रममा बोल्दै संविधकान कार्यन्वयनका लागि दलबीचको एकता पहलिो आवश्यकता भएको पनि बताए । दलबीचको सहमति र सहकार्यबाट नै मुलुकको समृद्धि हुने उनको धारणा थियो ।

संविधान कार्यन्वयनमा सबै दल एक ठाउँमा नआए सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्भव नहुने पनि उनले ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्