भीम रावलले भने– ‘प्रधानमन्त्रीको सम्बोधन प्रचारमुखी र हावादारी’


२३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको सङ्ज्ञा दिएको छ ।

साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित दाहालले पहिलोपटक बिहीबार व्यवस्थापिका–संसदमा सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो लिखित मन्तव्य राखेका थिए ।
बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा छैन । कहाँबाट पैसा ल्याएर त्यो पूरा गर्नुहुन्छ ?’ रावलले प्रधानमन्त्रीको भाषण हावादारी भएको समेत आरोप लगाए ।

उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको हल्लामात्र भएको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्