भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्केका १७ को मृत्यु


११ असोज । धादिङको मार्पाकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ जानेक्रममा बस मार्पाक गाविसको पन्तटार नजिकै मंगलबार दुर्घटना भएको हो ।

बा ३ ख ३३१८ नं को बसमा सवार १७ जनाको शव फेला परेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिएका छन् । उनका अनुसार १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको छ ।

पहिरो झरेको बाटोबाट बस पल्टिएको थियो । बस करिब २०० मिटर तल आँखु खोलामा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने अहिले पनि यकिन छैन । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्