भैरहवामा महन्थ र उपेन्द्रको पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता एमाले प्रवेश


२६ जेठ । नेकपा एमालेका दुई उपमहासचिव अहिले चुनावी प्रचार अभियानका क्रममा रुपन्देही पुगेका छन् । उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल यही अशार १४ मा हुने स्थानीय निर्वाचनको चुनावी अभियानका क्रममा रुपन्देही पुगेका हुन् । उनीहरु दुबैले त्यहाँ पुगेर तराई मधेशको विकास गर्ने सच्चा पार्टी एमाले भएकोले दोस्रो चरणको निर्वाचनमा पनि एमाले नै पहिलो शक्ति बन्ने दाबी गरे ।

अहिले उनीहरु चुनावी प्रचारकै क्रममा रुपन्देहीका विभिन्न स्थानमा पुगेका छन् । रुपन्देहीसँगै उनीहरु कपिलवस्तुका पनि विभिन्न क्षेत्रका चुनावी सभामा पुगेका छन् । उनीहरुले बिहीबार सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

शुक्रबार पनि उनीहरुले विभिन्न सभामा सम्वोधन गरेका छन् । उनीहरुले ती सभा र भेलालाई सम्वोधन गर्दै एमाले मधेशी जनताको विरोधी नभएको दावी प्रस्तुत गर्दै आएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका पौडेलले त एमाले सरकारको पालामा तराई मधेशमा सबै भनदा बढी बजेट छुट्याएको दाबी गर्दै आएका छन् । उनी चुनावी सभामा अहिलेसम्म कुनै सरकारले एमालेको सरकारले जति बजेट तराईमा छुट्याएको भए प्रमाण ल्याउन समेत चुनौती दिए ।

एमालेको विकास निर्माण नीति, सिद्धान्त र राष्ट्रप्रेमलाई हेरी जनताले आगामी निर्वाचनमा जिताउने उनको दाबी छ । तराईवासीको बाहुल्यता रहेको भैरहवामा पनि एमालेको झण्डा फराउने उनले दाी गरे ।

अर्का उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरमा एमाले अन्य पार्टीसँग एलायन्स गरी चुनाव लड्न लागेको भनेर भ्रामक प्रचार गरिएको भन्दै एमाले अरुको सहारा विना विजयी हुने दावी गरे । उनले एमाले मधेशी, पहाडी, मुस्लिम, अल्पसंख्यक, पिछडा सबै जातजाति, धर्म–संस्कृतिको संरक्षण गर्ने पार्टी भएको भन्दै सबैको क्षेत्रको प्रतिनिधित्व गर्ने भएकै कारण एमालेप्रति जनताको विश्वास रहेको दाबी गरे ।

पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले नाकाबन्दीका बेला एमाले नेतृत्व सरकारले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै त्यसैको प्रतिफल स्वरुप पहिलो निर्वाचनमा एमाले पहिलो शक्ति बनेको बताए । उनले पाँच नम्बर प्रदेश दुक्राउनु पर्छ भन्ने शक्तिहरु अहिले नक्राउन हुन्न भन्ने एजेण्डा हाम्रो भएको भन्दै हिँडिरहेको बताउँदै जनतालाई भ्रममा नपार्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्