भोजपुरका आगलागि पीडितलाई शेर्पा समाजको एक लाख १८ हजार सहयोग


१६ मंसिर ।  भोजपुर शेर्पा समाजले भोजपुर सदरमुकामका आगलागी पीडितलाई एक लाख १८ हजार रुपैयाँ सहयोग गरेको छ ।
विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष आङकाजी शेर्पाले सहयोग रकम भोजपुर क्षेत्र नं. १ का सांसद तथा पूर्वमन्त्री कृपासुर शेर्पालाई हस्तान्तरण गरेका हुन् ।
समाजले राजधानीमा विभिन्न पेशा व्यवसायमा रहेका शेर्पा समुदायबाट संकलन गरेको रकम हस्तान्तरण गरेको र सहयोग जुटाउने कार्य जारी राखेको समाजका महासचिव फुर्वा तेन्जिङ्ग शेर्पाले जानकारी दिए । गत मंसिर ५ गतेको भोजपुर सदरमुकाममा भीषण आगलागी हुँदा करिव एक दर्जन घर जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्