भ्रष्टचार गर्ने जुनसुकै पार्टीको भएपनि बाँकी नराख्ने प्रधानमन्त्रीको चेतावनी


काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टचार गर्ने जुनसुकै पार्टीको भएपनि भ्रष्टचारीलाई बाँकी नराख्ने चेतावनी दिएका छन । उनले भ्रष्टचारीको अनुहार समेत नहेर्ने बताएका हुन ।
‘हाम्रै साथीभाइ होलान्, व्यवसाय चलाएका होलान् तर, चिनेजानेका र आफन्त भएपनि जोगिन्छु भनेर नसोचे हुन्छ’ प्रधानमन्त्रीको चेतावनी छ, ‘बेठिक गर्ने र भ्रष्टाचार गर्ने कोहीकसैलाई क्षमा दिइँदैन, सहिदैन, सरकारले सिण्डिकेट तोड्छ भन्यो तोडेरै छाड्यो । त्यसमा को को परे पछि अनुहार हेरौला ।’
सोमबार प्रदेश ३ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘ मुलुकमा हिंसा र पृथकतावाद जरुरी छैन । त्यस्ता गतिविधि भए शैह्य हुँदैन । म त्यो बाटोमा नलाग्न अपिल गर्न चाहन्छु ।’
सराकार गरिवी, भ्रष्टचार, निरक्षरता र पछौटेपनकाविरुद्ध आक्रमक शैलीमा अघि बढ्ने भन्दै प्रधानमन्त्रीले यहि शैलीमा अघि बढ्न प्रदेश सरकारलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्