मंगलबारदेखि अग्रिम टिकट विक्री खुल्ने


काठमाडौं, ८ असोज । यातायात व्यवसायीले मंगलबारदेखि अग्रिम टिकट विक्री खुल्ला गर्ने भएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको वैठकले असोज ९ गतेदेखि अग्रिम टिकट विक्री खुल्ला गर्ने निर्णय गरेको हो ।
यसअघि इन्धनको मूल्यमा वृद्धि भएसँगै यातायात व्यवसायीले मूल्य नघटेसम्म अग्रिम टिकट विक्री नगर्ने अडान लिएका थिए ।
त्यसलगत्तै शनिबार साँझ सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको थियो ।
असोज ९ गतेदेखि नै अग्रिम टिकट विक्री खुल्ला हुने महासंघका महासचिव सरोज सिटौलाका बताए । यात्रुले बसपार्क लगायत अन्य टिकट काउण्टरबाट टिकट किन्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्