मंगलबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगन


३१ साउन । नेकपा (एमाले) स्थायी कमिटी बैठक स्थगन भएको छ । मंगलबार ११ बजे बस्ने भनिएको एमाले स्थायी समिति बैठक नेताहरुको पूर्व निर्धारित कार्यक्रमका कारण स्थगन भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

आइबारवाट जारी स्थायी कमिटी बैठक बुधवार १२ बजे बस्ने पनि भट्टराईले जानकारी दिए ।

बैठकमा पाँच वटा एजेण्डा तय भएका छन् । एमाले सचिव भीम आचार्यका अनुसार प्रदेश संगठनको कमिटिको संयोजक तोक्ने, सल्लाहकार कमिटीलाई पूर्णत दिने, जेष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने, स्थानीय निकायको पुर्नसंरचनाका विषयमा छलफल गर्नेलगायतका एजेण्डा छन् ।

प्रतिक्रिया दिनुहोस्