मंगलबार सुनको भाउ घट्यो


काठमाडौं, १० वैशाख । मंगलबार छापावाल सुनको भाउ तोलामा ३०० ले घटेको छ ।सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी आज तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्