मकल बालेर सुतेका आमा-छोराको मृत्यु


काठमाडौँ, ३० मङ्सिर ।  काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्