मकवानपुरमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु


मकावानपुर, ३० असार । मकवानपुरमा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १ मार्खुमा आइतबार राति खसेको पहिरोमा पुरिएर एकै घरका आमाछोरीको मृत्यु भएको हो ।

पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्