मकालुमा जुटे वार्डेनहरु


४ चैत । मुलुक सङ्घीयतामा गएसँगै संरक्षित क्षेत्रलाई कुन मोडलमा लैजाने भन्नेबारे छलफल गर्ने गरी २३ औं वार्डेन सम्मेलन सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा देखिएका समस्याका समाधानका लागि उक्त राष्ट्रिय वार्डेन सम्मेलन सुरु भएको हो ।

बिहीबारदेखि मकालु बरुण राष्ट्रिय निकुञ्जमा सम्मेलन सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण शिक्षा अधिकृत भोजराज पन्थले जानकारी दिए ।

सम्मेलनमा संरक्षण क्षेत्रमा देखिएको जल्दोबल्दो समस्या, वन्यजन्तुको संरक्षणमा वार्डेनले खेलेको भूमिका तथा विगत वर्षमा भएका सङ्कल्प प्रस्तावको समीक्षासमेत बैठकले गर्ने बताइएको छ । सम्मेलन तीन दिनसम्म चल्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्