मकालु एयरको विमान कर्णाली नदीमा खस्यो


२० साउन । हुम्लाबाट कार्गो पुर्‍याएर  सुर्खेत फर्किँदै गरेको मकालु एयरको विमान कर्णाली नदीमा खसेको छ ।
हुम्लाबाट उडेको पाँच मिनेटमै  विमानको इन्जिनमा खरावी आएपछि पुनः रिटर्न गर्न खोज्दा हाइट लिन नसकेपछि नदीमा खसेको हुम्ला प्रहरीले जनाएको छ । विमानका पाइलट र को पाइलटले नदी किनारमा हाम फालेका छन् ।
उनीहरुको हेलिकोप्टरले उद्धार गरिसकेको प्रहरीले जनाएको छ । पाइलट सांङ्गे लामा थिए भने, को–पाइलट प्रशान्त शाह थिए ।
प्रहरीका अनुसार कर्णाली नदीमा पानी अधिक भएकाले विमानको पार्ट पूर्जा समेत भेटिने अवस्था छैन । जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने, ‘कुनै ठाउँमा केही टुक्रा भेटिएलान् । पाइलट र को पाइलटलाई उद्धार गरिसकेका छौं ।’ ९एन एकेसी कलसाईन भएको ९ सिट क्षमताको विमान दुर्घटना भएको मकालु एयरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्