मकालु एयरको विमान दुर्घटना हुँदा चालकदलका दुवै सदस्यको ज्यान गयो


काठमाडौ, २ जेठ । सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको कार्गो विमान दुर्घटना भएपछि चालक दलका दुई सदस्यको निधन भएको छ ।
सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो ।
विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए ।
विमानमा चालक दलका दुई सदस्यमध्ये एकजना किरण भट्टराई रहेका र अर्का सदस्यको नाम नखुलेको उनले बताए ।
सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्