विहानै वेपत्ता भएको मकालु एयर दुर्घटनाग्रस्त अवस्थामा फेला


काठमाडौ, २ जेठ ।आज विहानदेखि सम्पर्क विहिन भएको मकालु एयरको जहाज दुर्घटनाग्रस्त भएको छ । आज विहान उडेको कार्गो जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाज सम्पर्कविहिन भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले दिएको जानकारीअनुसार सिमिकोट एयरपोर्टबाट ७.७ नटिकल माइल दक्षिणमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्