मत अब रिसाउँछु… लगायतका दर्जनौँ नेपाली गीतमा स्वर दिएका कुमार सानु नेपाल आउँदै


भारतीय सेलिव्रेटीहरु नेपाल आउने नयाँ होइन । विभिन्न सेलिव्रेटीहरु बेलाबखत नेपाल आउने गरेका छन् । उनीहरु नेपाल आएपछि निकै हंगामा हुने गर्छ । यस पटक फेरि भारतीय चर्चित गायक कुमार सानु नेपाल आउने भएपछि उनको र्चा सुरु भएको छ ।

उनी काठमाडौंमा यही असार ३१ मा हुने लाइभ कन्सर्टका लागि नेपाल आउन लागेका हुन् । अझ रमाइलो त के छ भने कन्सर्टमा गायक सानुको ब्यान्डसहित केही नेपाली कलाकारको पनि प्रस्तुति रहने छ । त्यसले गर्दा नेपाली दर्शकले थपा आनन्द प्राप्त गर्ने छन् ।

आयोजक मुन्टेज इन्टरनेसनलले दिएको जानकारी अनुसार १७ हजारभन्दा बढी गीत गाइसकेका सोनुसँगै याक एन्ड यतिमा हुने कन्सर्टमा नेपालका रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना र स्मिता घिमिरेले पनि गाउने छन् । हास्यकलाकार जितु नेपाल र अभिनेत्री निशा अधिकारीले ‘कुमार सानु लाइभ इन कन्सर्ट’ सञ्चालन गर्नेछन् । नेपालको पर्यटन प्रर्वद्धनका लागि विभिन्न मुलुकमा समेत आयोजना गरिने कन्सर्टले मद्दत पु¥याउने आयोजकको दाबी छ ।

सानुले नेपाली चलचित्रको पाश्र्वगायन तथा विभिन्न एल्बममा पनि स्वर दिएका छन् । त्यसकारण पनि उनी नेपाली दर्शक र स्रोताको रोजाइमा छन् । उनले गाएका नेपाली गीत पाँच सयजति छन् । कन्सर्टबाट उठेको केही प्रतिशत रकम स्वर्गीय अभिनेता श्रीकृण श्रेष्ठ र उनकी श्रीमती एवं नायिका श्वेता खड्काको नाममा रहेको श्वेताश्री फाउन्डेसनलाई दिने जानकारी दिएको छ ।

सानुले गाएका ‘पुरानो हुँदैन माया’, ‘मत अब रिसाउँछु’, ‘भरे आउँछु सपनीमा’, ‘फूल भए जिन्दगी’लगायत दर्जनौँ गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्