मधेसका माग एकै पटकमा पूरा हुन सक्दैनन्ः सञ्चारमन्त्री कार्की


२ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन जेठमा हुने बताएका छन् ।  विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले यस्तो बताएका हुन् । दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने उनको भनाइ छ ।

मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउँदै उनले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट पारे । स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्