मधेसका साना टुक्रे दलले मागे जति सबै माग पहिला नै पूरा भएः वामदेव गौतम


२ असोज । पार्टी कामको सिलसिलामा उदयपुर पुगेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले हचुवाका भरमा संविधानका धारा संशोधन नगर्ने बताएका छन् ।

मधेसवादी दलका माग सम्वोधन गर्न संविधान संशोधन गर्ने बारेमा चर्चा भैरहेका बेला गौतमको यस्तो भनाई बाहिर आएको हो । गौतमले एमालेले बिनाकारण संविधानका धारा संशोधन नगर्ने प्रष्ट पारे । प्रेस चौतारी नेपाल उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले भने– ‘अहिले मधेसकेन्द्रित दलको माग पूरा गर्न कुन–कुन धारा संशोधन गर्नुपर्ने र केका लागि भन्ने स्पष्ट नभई पार्टीले संविधान बिगार्ने कुनै काम गर्ने पक्षमा एमाले छैन ।’

 पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता पनि तत्कालै संविधान संशोधन गर्ने पक्षमा छैनन् ।

गौतमले मधेसका साना टुक्रे दलले मागे जति सबै माग पहिला नै पूरा भइसकेको र अब मधेसको माग केही पनि नभएको पनि उनले दाबी गरे । उनले सबै माग पूरा भएको भन्दै विना कारण आन्दोलन गरेर जनतालाई दुःख दिने काम चाँडो बन्दगर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्