मधेसवादी दलद्वारा सोमबार पनि बैठक बहिष्कार, के–के छन् माग ?


२९ कात्तिक । सरकार गठनको समयमा नयाँ सरकार गठन हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले कुनै पहल नगरेको भन्दै मधेस केन्द्रित दलले सोमबार पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् ।
व्यवस्थापिका–संसद्को सोमबार बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएकामा आपत्ति जनाए । मधेसवादी दलहरुले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउनुपर्नेलगायतका माग राख्दै संसद् अवरुद्ध गरेका हुन् ।
उनीहरुले शान्तिपूर्ण तबरले आफूहरुले सदनमा उठाएको माग सम्बोधन गर्न र संविधानको सर्वस्वीकार्यता गराउन आग्रहसमेत गर्दै आएका छन् । सदनको बैठक बहिष्कार गर्ने दलहरुमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्