मधेसवादी दललाई वार्तामा आउन सरकारको अपिल


३१ जेठ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलन छाडेर वार्तामा आउन मधेसवादी दलसँग गरेको आग्रहलाई उनीहरुले वार्ताको नाममा खेलाँची गरिरहेको आरोप लगाएका छन् ।

राजधानीमा रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रिमाले वार्ताका लागि सरकारले सोमबार मात्रै मात्रै सङ्घीय गठबन्धनलाई औपचारिक पत्र पठाएको बताएका थिए ।
तर, मधेवादी दलले भने पत्र सकारात्मक भए पनि सरकारले विश्वासको वातावरण दिलाउन नसकेको जिकिर गरेका थिए । ‘वार्ताका लागि सरकारले पछिल्लोपटक पठाएको पत्र सकारात्मक भए पनि सरकारले वार्ताका लागि विश्वासको वातावरण सिर्जना गर्न सकेको छैन,’ मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले भने । एमाले नेता समेत रहेका रिमालले मधेसी समुदायको विषयलाई वार्ता र संवादमार्फत समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारेका थिए । ‘कुनै पूर्वाग्रह नराखी वार्ताका लागि प्रधानमन्त्रीले पटकपटक पत्र पठाउनुभएको छ,’ उनले भने ‘वार्ताका लागि सरकार र प्रधानमन्त्री तयार हुनुहुन्छ । सरकार मेधसी दलसँग दुरी बढाउन चाहँदैन ।’
सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले मधेसवादी दल वार्ताको विरोधी होइन, तर सरकारले वार्ताको नाममा खेलाँची गरिरहेको आरोप लगाए ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष जितेन्द्र सोनलले दुई तिहाई बहुमतले संविधान संशोधन गर्न तयार भएको खण्डमा मात्र मधेसी मोर्चा वार्तामा बस्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्