मधेसीहरुको माग सम्बोधन नगरे नेपाल पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेजस्तै हुनसक्छः मन्सुर


२ कात्तिक । नेपाली कांग्रेसका सांसद फर्मुल्ला मन्सुरले मधेसीहरुको माग सम्बोधन  गर्नु पर्नेमा जोड दिएका छन् । मंगलबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैठकमा विशेष समय लिएर बोल्दै उनले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेजस्तै हुने भन्दै चिन्ता व्यक्त समेत गरे । ‘पाकिस्तानमा सुशासनको माग उठ्दा त्यसको सुनुवाइ नभएपछि मुलुक टुक्रिएको थियो,’ उनले भने ‘मधेसीहरुका माग पनि संविधान संशोधनमार्फत सम्बोधन नभए नेपाल त्यस्तै बन्न सक्छ ।’ बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस गर्न नदिनु सर्वोच्च अदालतको आदेशको अपहेलना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्