मधेसी मोर्चालाई ओलीको चेतावनी ‘१० सिट ल्याउनेहरुले सुन्नुहोस्, ४० सिट ल्याएको एमाले तराई झर्दैछ’


२२ पुस ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई विपक्षी नौ दलको जन प्रदर्शनको ड्रोन क्यामेराबाट होइन सेटेलाईटबाट खिच्न सुझाव दिएका छन् ।

सरकारलाई संविधान संशोधन विधेयक फिर्ता लिन र तत्काल निर्वाचनको मिति घोषणा गर्न दबाब दिने उद्देश्य नेकपा (एमाले) सहित व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलले बृहद् जनप्रदर्शनमा यस्तो सुझाव दिएका हुन् । प्रदर्शनीमार्गमा मञ्च बनाएर नौ दलले कार्यक्रम गरिरहेका बेला नजिकै रहेको महेन्द्र पुलिस क्लबका प्रहरीहरुले ड्रोनबाट फोटो खिचेको प्रति संकेत गर्दै ओलीले यस्तो सुझाव दिएका हुन् ।

उनले एमाले अब छिट्टै तराई झर्ने पनि चेतावनी दिए । ‘१० सिट ल्याृउनेहरुलाई भन्न चाहन्छु,  एमालेले तराईमा ४० सिट ल्याएको छ,’ उनले भने, ‘आज यो जनसागरमा पनि तराईका साथीहरुको उपस्थितिले हामी उत्साहित भएका छौँ । अब राष्ट्रियताको अभियान लिएर एमाले मेची–काली यात्रमा निस्कन्छ । तपाईँहरु ढुक्क हुनुहोस् राष्ट्रियतका पक्षमा एमाले कसैसँग पनि लम्पसार पर्दैन ।’

उनले कडा रुपमा भने– ‘राष्ट्रहित विपरीतको संविधान संशोधन प्रस्ताव पारित हुन दिने छैनौँ । काठमाडौँ जागेको छ । यो जागरण अब देश ब्यापीरुपमा फैलाउनु पर्छ । यो प्रयास मेची–काली फैलाउनुपर्छ । नेपालाई असफल बनाउने यो प्रयास असफल बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्