मधेसी मोर्चाले प्रचण्डलाइ भोट हाल्ने ,संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने सहमति


१९ साउन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच तीनबुँदे सहमति भएको छ । प्रधानमन्त्रीको चुनावमा मधेसी मोर्चाले प्रचण्डलाइ भोट हाल्ने । सहमतिको पहिलो बुँदा संविधान संशोधन प्रूताव संसदमा दर्ता गर्नेबारे उल्लेख छ ।

सहमतिमा -‘मधेसी मोर्चा/ संघीय गठवन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरु मध्ये संविधानसंग सम्वन्धित रहेका विषयहरमा सहमतिको आधारमा सरकारले संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने ।’

दलहरुबीच आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय छानविन आयोग गठन गर्ने सहमति भएको छ । आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, पीडित परिवारलाई आर्थिक सहयोग दिने सहमतिमा उल्लेख छ ।

अपाङ्ग भएकाहरुलाई क्षतिपूर्ति, घाइको उपचार खर्च, पक्राउ परेकाहरुको रिहाइ र मुद्धा खारेज गर्ने सहमति भएको छ । यसअघि मंगलबार सातबुँदे र तीनबुँदे सहमतिको मस्यौदा तयार भएर पनि सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्