मधेसी मोर्चा फेरि आन्दोलनमा फर्कियो, १८ गते देशभर विरोध सभा गर्ने


१५ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका ९ दलले संविधान संशोधन प्रस्ताव ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन आग्रह गरिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले त्यसको कडा विरोध गरेको छ ।

मोर्चाले शुक्रबार पत्रकार सम्मेलन गर्दै संविधान संशोधन विधेयक संसदबाट पास नभए चुनाव गर्न नदिने चेतावनी दिएको हो । बिहीबार र शुक्रबार दुई दिनसम्म बसेको मोर्चाको बैठकले चुनावको मिति घोषणा गर्नु अघि नै संविधान संशोधन प्रस्ताव पारित गर्न सरकारसँग माग गरेको छ । त्यसो नभए आन्दोलनमा जाने चेतावनी पनि मोर्चाले दिएको छ ।

एमालेसहितका ९ दलले पुस २२ गते प्रस्ताव फिर्ता लिन दवाव दिने उदेश्यले बृहद् आन्दोलन गर्ने घोषणा गरेको छ । मोर्चाले भने प्रस्ताव पारित गर्न दवाव दिदैँ १८ गते देशभर विरोध सभा गर्ने निर्णय गरेको छ । मोर्चाले राज्य पुनसंरचना आयोगको प्रतिवेदन पनि स्वीकार नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्