मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियु निर्वाचन १२ गते


८ भदौ । आज हुने भनिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन चार दिन पछि सरेको छ ।

निर्वाचन यहि भदौ ८ गते हुने भनिए पनि विप्लव माओवादीका विद्यार्थीहरुको निरन्तर अवरोधका कारण उपकुलपतिको कार्यालयले निर्वाचन यही १३ गर्ने सूचना टाँस गरेको थियो । तर, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनको निरन्तर दबाबपछि उपकुलपतिको कार्यालय निर्धातिर मिति भन्दा एक दिन अघि निर्वाचन सार्न सहमत भएको हो ।

‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनकेन्द्रिय क्याम्पस मा स्ववियु चुनाव यही भदौ १२ गते सम्पन्न हुने निश्चित भएको छ,’ अनेरास्ववियुकी उपाध्यक्ष सुनिता वरालले भनिन्, ‘आज बसेको संयुक्त विद्यार्थी संगठन र विश्वविद्यालय पदाधिकारीको संयुक्त बैठक बसी १२ गते निर्वाचन गर्ने सहमति भएको हो ।’

१६ सय ९३ विद्यार्थी रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन मिति तोकिएसँगै अधिकांश विद्यार्थी संगठनका नेताहरुको त्यहाँ पुगेका छन् । ‘करिब १० वर्षदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विभिन्न कारणले हुन सकेको छैन,’ अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले भनिन्, ‘निकै लामो संघर्षबाट स्थापना गरेको स्वतन्त्र विद्यार्थी युनियनको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएका बेला मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचनले आम विद्यार्थीहरुमा खुशी छाएको छ ।’

प्रतिक्रिया दिनुहोस्