मनसुन कमजोर हुँदै जाने, पश्चिम तराईमा भारी वर्षा


काठमाडौं,९ साउन । देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले वर्षासँगै खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा अझ दक्षिण तिर सर्ने देखिएका कारण मनसुनी गतिविधि कम सक्रिय हुँदै जाने मौसमविद्ले बताएका छन् ।

आज पनि देशभर सामान्य बदली भई देशका पूर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।

बिहीबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने भने देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्